काठमाडौं– नेकपा एमालेका १० जना स्थायी कमिटी सदस्यहरुले असार २७ गते भएको १० बुँदे सहमतिलाई अक्षरस: कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।
तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा १० जना नेताहरूले १० बुँदे सहमति अक्षरस: पालना हुने गरी कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन्।
'हाम्रो जोड १० बुदे सहमति पुर्ण रूपमा कार्यान्वयन गरेर जानुपर्छ भन्ने नै हो,' बैठकबाट बाहिरिएका उपाध्यक्ष युवराज ज्ञवालीले भने, 'एकतालाई जोगाएर मात्रै बलियो पार्टी निर्माण गर्न सकिन्छ।'
उनले जेठ २ मा फर्केर पार्टीलाई अगाडि बढाएर लैजानुपर्ने बताए।
सोमबारको बैठकमा अर्का उपाध्यक्ष भीम रावलले पनि सहमति कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको भन्दै माधव नेपाल छाडेर एमालेमा नै रहेका नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
सुदुरपश्चिम प्रदेशको इञ्चार्ज र अन्य केही प्रदेश तथा जिल्ला कमिटीका जिम्मेवारीहरु १० बुँदै सहमतिअनुसार ०७५ जेठ २ गते अगाडिको पार्टी संरचनाअनुसार पुन:स्थापति हुनुपर्ने १० नेताहरुको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।