काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक केहीबेरका लागि स्थगित भएको छ।
ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठक साढे ३ बजे सम्मका लागि ‘ब्रेक’ भएको हो।
विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। बैठक केही समय बसेर साढे ३ बजे सम्मका लागि स्थगित भएको हो।
बैठकमा केन्द्रीय कमिटी बैठक उठेका विषय र विधान महाधिवेशनमा पेस हुने प्रस्ताव लगायतका विषयमा नेताहरूले छलफल गरेका छन्। अहिले खाजा ब्रेक भएको र साढे ३ मा फेरि बैठक बस्ने एक नेताले बताए।
यसअघि आइतबार एमालेको केन्द्रीय कमिटी बैठक सकिएको थियो। बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।