काठमाडौं- सोम पाण्डेले आफू एकीकृत समाजवादी पार्टीको सांसद भएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै उनले आफ्नो दल प्रस्ट पारेका हुन्।
नेकपा (एमाले)बाट निर्वाचित भएको भए पनि एमाले विभाजन भइसकेको स्थितिमा उनको दल कुन हो भन्ने स्पष्ट भएको थिएन। एमाले विभाजनका बेलामा सुरुआतमा हस्ताक्षर नगरेका उनले सनाखतको बेलामा भने एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर आयोगले भने सनाखत गरेको थिएन।
त्यसपछि उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले एकीकृत समाजवादी रोजेको अवस्थामा कारबाही नगर्न अन्तरिम आदेश दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।