काठमाडौं– सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।
नेपालको निवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो। नेपाललाई भेट्न प्रचण्ड सोमबार बिहान कोटेश्वर पुगेका थिए।
करिब १ घण्टासम्म चलेको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार तथा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।