काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो।
यसअघि आइतबार एमालेको केन्द्रीय कमिटी बैठक सकिएको थियो। बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको छ।
ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो। समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए। जसमा ओली, पोरखेल र पौडेलले जवाफ दिएका थिए। आइतबार पनि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।