काठमाडौं- प्रतिपक्ष एमालेको बिरोधकै बीचमा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले बजेटका दुई प्रतिस्थापन विधेयकलाई पारित गरेको छ। बजेटको राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित गरेको हो।
प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेश गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त दुई विधेयकलाई निर्णयार्थ पेश गरेका थिए। उक्त विधेयक बहुमतले पारित हुँदै प्रतिनिधि सभामा फिर्ता भएको छ।
बजेटको विनियोजन विधेयक यसअघि नै पारित हुँदै प्रमाणीकरण भइसकेको छ। यी दुई विधेयक पनि आजै बस्ने प्रतिनिधि सभामा पेश गर्दै प्रमाणीकरणका लागि पठाइने छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि यो लागू हुने छ। राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते बस्ने कार्यसूची तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।