काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय सम्मेलनलाई प्रभावित नगर्ने गरि तल्ला तहका सम्मेलनहरु सारिएको छ।
सोमबार विहान पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने गरि तल्ला तहका सम्मेलन केही पर सार्ने निर्णय गरेको हो।
स्थायी कमिटी सदस्य देव गुरुङले कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय पालिकाको अधिवेशन गर्ने बताए।
‘वडाहरुको भेला गर्ने विषयहरुमा छलफल भएको छ, पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सानुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो' उनले भने, 'पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने, टोल भेलाहरु कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ, कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पािलकाहरुको सम्मेलन, राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ।'
बैठकले सदस्यता नविकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ।
प्रदेश र केन्द्रको अधिवेशन चाँही नसार्ने उनले बताए। माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।