काठमाडौं– इङ्लिस प्रिमियर लिगको नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनह्याममाथि ३–१ को सहज जित हात पारेकोे छ।
घरेलु मैदान इमिरेट्स रंशगालामा आर्सनलले पहिलो हाफमै तीन शून्यको अग्रता लिएको थियो। आर्सननले इमिल स्मिथ–रोवेको गोलबाट खेलको १२औं मिनेटमै अग्रता लिएको थियो। उनले बुकायो साकाको पासमा गोल गरेका थिए।
स्मिथ–रोवेको पासमा पिइरे इमेरिक–औबमेयाङले गोल गर्दै २७औं मिनेटमा अग्रता दोब्बर बनाए। साकाले ३४औँ मिनेटमा गोल गर्दा आर्सनल ३–० स्थितिमा पुगेको थियो।
खेल सकिन ११ मिनेट बाँकी हुँदा ह्युङ मिन–सनले गोल गरे पनि टोटेनह्यामलाई पुनरागमन गर्न सकेन। आर्सनलले लिगमा टोटेनह्याममाथि २०१४ पछि जित हात पारेको हो।
जारी लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो। यसअघि उसले नर्विच सिटी र बर्नलीलाई हराएको थियो।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको आर्सनल दशौं स्थानमा छ । समान खेलबाट समान अंक जोडेको टोटेनह्याम ११औँ स्थानमा छ।
लिगमा टोटेनह्यामको भने यो लागतार तेस्रो हार हो। टोटेनह्याम यसअघि क्रिष्टल प्यालेस र चेल्सीसँग समान ३–० ले पराजित भएको थियो। टोटेनह्याम २९ अगष्टपछि जितविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।