काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतीय समकक्षी (विदेशमन्त्री) एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
मन्त्री खड्काले साइडलाइन वार्ताका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्।
भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटको तस्वीर सार्वजनिक गरेका छन्।
'मेरा नयाँ नेपाली सहकर्मी (समकक्षी) डा नारायण खड्कालाई स्वागत गर्न पाउँदा खुसी छु,' जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, 'दुई देशको विशेष सम्बन्धलाई अगाडि बढाउनका लागि मिलेर काम गर्न सहमत भयौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।