काठमाडौं- इटालियन सिरी ‘ए’ मा युभेन्टसले संघर्षपूर्ण जित निकालेको छ।
स्टेडियो अल्बर्टो पिक्को ला स्पेजियामा आइतबार साँझ भएको खेलमा पछि परेपनि दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्टसले साम्पडोरियालाई ३-२ ले पराजित गरेको हो।
युभेन्टसको जितमा मोइस किन, फेडरिको किएजा र म्याथिस डि लिग्टले गोल गरे। घरेलु टोलीका इमानयुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए।
खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। ३३औं मिनेटमा इमानयुयल क्वार्टसिन ग्यासीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै स्पेजियालाई २-१ को अग्रता दिलाए। ६६औं मिनेटमा किएजाले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए। ७२औं मिनेटमा डी लिग्टले गोल गर्दै युभेन्टसको जित पक्का गरे।
जितपछि युभेन्टस ६ खेलमा ८ अंक जोडर नवौं स्थानमा उक्लिएको छ। पराजित स्पेजिया ४ अंकसहित १७औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।