• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गरिबी निवारण कोषको भ्रष्टाचार मुद्दा : पाँच वर्षपछि अन्तिम सुनुवाइको तयारी

64x64
दुर्गा दुलाल सोमबार, असोज ११, २०७८  ०९:२३
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाख ५ मा गरिबी निवारण कोष काठमाडौंका ३६ जना कर्मचारीविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइको तयारी थालेको छ।

अख्तियारले आर्थिक वर्ष २०६६/६७ पछिका तीन आर्थिक वर्षमा कोषको रकम भ्रष्टाचार भएको भन्दै चार करोड ३४ लाख ८७ हजार ९०० रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा आइतबार पेसी थियो। तर, सुनुवाइ सम्भव नभएपछि इजलासले बहस नोट माग्ने आदेश गरेको छ। 

उक्त मुद्दा पाँच वर्षसम्म थुनछेकदेखि अन्य सुनुवाइमै अल्झेको थियो। विशेषमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा फैसलाको अन्तिम सुनुवाइ हुन सकेको थिएन। अब अन्तिम सुनुवाइका लागि विशेषले आइतबार बहस नोट माग्ने आदेश दिएको हो। विशेषमा ६ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल दुई जना मात्र छन्। भ्रष्टाचारका मुद्दा ६ महिनामा टुङ्ग्याउनुपर्ने कार्यविधि छ।

विशेषमा अहिले अध्यक्ष समेत छैनन्। विशेष अदालत ऐनमा अध्यक्षसहित तीन जनाको इजलासले मुद्दाको सुनुवाइ गर्नुपर्ने उल्लेख छ। तर, न्यायाधीश नुहँदा ऐनको प्रावधान उल्लंघन भइरहेको छ। दुई जना न्यायाधीशले एक दिनमा चारदेखि पाँच थान मुद्दाको मात्र सुनुवाइ हुने गरेको छ। आइतबार १० थान मुद्दाको पेसी चढेको थियो। 

के थियो कोषको मुद्दा?
अख्तियारले गरिबी निवारण कोषमा लगातार तीन आर्थिक वर्षमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले दायर गरेको अभियोग पत्रमा आर्थिक वर्ष २०६६/६७ मा ९६ लाख २५ हजार ४३० रुपैयाँ,  २०६७/६८ एक करोड ८४ लाख ४२ हजार ९६९ रुपैयाँ र २०६८/६९ मा एक करोड ५४ लाख १९ हजार ५१६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ। अभियोग पत्रमा उल्लेख भएअनुसार चार करोड ३४ लाख ८७ हजार ९१६ रुपैयाँ भ्रष्टाचार भएको छ।

अख्तियारले गरिबी निवारण कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। यातायातका साधन, दैनिक भ्रमण भत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर करोडौं रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ।

भ्रष्टाचार मुद्दामा मुछिनेमा ३० जना कार्य प्रबन्धक, एक जना वित्त प्रमुख, दुई लेखा अधिकृत, एक लेखा सहायक र एक जना वातावरणीय अधिकृत छन्। अख्तियारले तीन वर्षको अवधिको फाइल अनुसन्धान गरेको थियो। 

त्यतिबेला ३७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालित थियो। कार्यक्रम कार्यान्वयनका लागि कोषले हरेक जिल्लामा कार्यप्रबन्धन नियुक्त गरेको थियो। ती सबै कार्यप्रबन्धकले फर्जी कागजात पेस गरी भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। 

Ncell 2
Ncell 2

अख्तियारको आरोप पत्रअनुसार कोषका कार्य प्रबन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख र कार्यकारी निर्देशकसमेतको मिलेमतोमा व्यक्तिगत लाभ पुर्‍याउने गरी विभिन्न आर्थिक वर्षमा अनियमितता भएको थियो। कार्यप्रबन्धक दीपा रेग्मी, महेशकुमार शाही, वित्त तथा प्रशासन प्रमुख मनोज चिपालु र कार्य प्रबन्धक मनोजकुमार गुप्तासहित ३६ जनाको मिलेमतोमा भ्रष्टाचार भएको अभियोग पत्रमा उल्लेख छ। 

अख्तियारले मुद्दा दायर गरेपछि सरकारको अर्को निकाय राष्ट्रिय सर्तकता केन्द्रले पनि अध्ययन गरेको थियो। केन्द्रको अध्ययनमा पनि गरिबी निवारण कोषमा अनियमितता भएको देखिएको थियो।

सर्तकता केन्द्रको प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको उल्लेख छ। विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्दा १० करोड ४ लाख ४१ हजार ७८८ र घुम्ती कोषमार्फत गरिबको जीवनस्तर उकास्नका लागि सञ्चालन भएको सामुदायिक साझेदारी कार्यक्रममा करीब ८ करोड ५५ लाख २३ हजार ४८१ रुपैयाँ दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ।

यस्ता छन् भ्रष्टाचारका केही नमूना
अख्तियारले अनियमतिता भएको दाबी गर्दै गर्न खर्चका केही नमूना अभियोगपत्रमा उल्लेख गरेको छ। अख्तियारले उल्लेख गरेका केही जिल्लाका नमूना यस्ता छन्– 

  • बझाङका पीएम झरेन्द्रबहादुर सिंहले २०६७ वैशाख १३ देखि १५ गतेसम्म से५ च २५६ नम्बरको सवारीसाधन भाडामा लिएको भनी भुक्तानी लिए। पछि सेती यातायात कार्यालयले सो सवारीसाधन दर्ता नै नभएको भनी प्रमाणित गरिदियो। त्यसैगरी ८ हजार रुपैयाँ भुक्तानीका लागि पेस भएको से१ ख ५४३ नम्बरको डडेलधुरादेखि देउखेल बझाङसम्म प्रयोग गरिएको भनिएको जीप मिनी ट्रक रहेको प्रमाणित भयो। 
  • डोल्पाका रमेश लामाले होटल बास भनी १ लाख २ हजार रुपैयाँको भुक्तानी लिए। पला गेस्ट हाउसमा बसेर २५ हजार खर्च गरेका लामाले तेब्बर बढीको बिल बनाएको भेटियो।

को–कोविरुद्ध मुद्दा दायर भयो? 

कार्यकारी निर्देशक : राजबाबु श्रेष्ठ (बिगो रु.४ करोड ३१ लाख)

वित्त तथा प्रशासन प्रमुख : मनोज चिपालु (बिगो रु.४ करोड २९ लाख)

लेखा अधिकृतहरू : दिलीप जोशी (बिगो रु.९ लाख ४९ हजार) र प्रवीण घिमिरे (बिगो रु.४ करोड २६ लाख)

लेखा सहायक : सतीश चौधरी (बिगो रु.२७ लाख २० हजार)

वातावरणीय अधिकृत : अविशेष न्यौपाने (बिगो रु.३७ हजार)

कार्य–प्रबन्धकहरू : दीपा रेग्मी (बिगो रु.२० लाख ५९ हजार), झरेन्द्रबहादुर सिंह (रु.१७ लाख २ हजार), निकरबहादुर सुनार (रु.१७ लाख २५ हजार), रवीन्द्र सुवाल (रु.११ लाख ४ हजार), रमेश लामा (रु.१३ लाख ६७ हजार), ओम पौडेल (रु.१८ लाख ७२ बजार), मीना नकर्मी (रु.६ लाख ६३ हजार), महेश शाही (रु.१७ लाख ३ हजार), विक्रम कार्की (रु.१२ लाख), लोकेन्द्र बडाल (रु.२३ लाख ६ हजार), पदम ठगुन्ना (रु.१८ लाख ८४ हजार), प्रमोद जोशी (रु.४३ लाख ३१ हजार), भूपानन्द विक (रु.१६ लाख ९३ हजार), कमल थिङ (रु.११ लाख ९१ हजार), मालती चौधरी (रु.१३ लाख ६३ हजार), सजदा खातुन (रु.७ लाख ५ हजार), नविक पोख्रेल (रु.७ लाख २० हजार), राम भुसाल (रु. ९ लाख ३४), अमर पाख्रिन (रु.१० लाख ८६ हजार), प्रविण मानन्धर (रु.११ लाख ५१ हजार), बालकृष्ण विक (रु.२४ लाख ८३ हजार), कृष्ण सेराला (रु.२२ लाख ७३ हजार), तारा जोशी (रु.१३ लाख १८ हजार), ईश्वर विक (रु.१२ लाख ६३ हजार), मनोज गुप्ता (रु.१२ लाख ४६ हजार), प्रदिप पौडेल (रु.५ लाख ७६ हजार), अरुण पाण्डे (रु.१ लाख २५ हजार), अच्युतसिंह प्रधान (रु.९ लाख २५ हजार), निर्मल पन्त (रु.४ लाख ४८ हजार), सुमिता मल्ल (रु.६७ हजार)

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, व... बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार, मंसिर २४, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल बुधबार, मंसिर २४, २०८२
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर २४, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्