• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गरिबी निवारण कोषको भ्रष्टाचार मुद्दा : पाँच वर्षपछि अन्तिम सुनुवाइको तयारी

64x64
दुर्गा दुलाल सोमबार, असोज ११, २०७८  ०९:२३
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाख ५ मा गरिबी निवारण कोष काठमाडौंका ३६ जना कर्मचारीविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइको तयारी थालेको छ।

अख्तियारले आर्थिक वर्ष २०६६/६७ पछिका तीन आर्थिक वर्षमा कोषको रकम भ्रष्टाचार भएको भन्दै चार करोड ३४ लाख ८७ हजार ९०० रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा आइतबार पेसी थियो। तर, सुनुवाइ सम्भव नभएपछि इजलासले बहस नोट माग्ने आदेश गरेको छ। 

उक्त मुद्दा पाँच वर्षसम्म थुनछेकदेखि अन्य सुनुवाइमै अल्झेको थियो। विशेषमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा फैसलाको अन्तिम सुनुवाइ हुन सकेको थिएन। अब अन्तिम सुनुवाइका लागि विशेषले आइतबार बहस नोट माग्ने आदेश दिएको हो। विशेषमा ६ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल दुई जना मात्र छन्। भ्रष्टाचारका मुद्दा ६ महिनामा टुङ्ग्याउनुपर्ने कार्यविधि छ।

विशेषमा अहिले अध्यक्ष समेत छैनन्। विशेष अदालत ऐनमा अध्यक्षसहित तीन जनाको इजलासले मुद्दाको सुनुवाइ गर्नुपर्ने उल्लेख छ। तर, न्यायाधीश नुहँदा ऐनको प्रावधान उल्लंघन भइरहेको छ। दुई जना न्यायाधीशले एक दिनमा चारदेखि पाँच थान मुद्दाको मात्र सुनुवाइ हुने गरेको छ। आइतबार १० थान मुद्दाको पेसी चढेको थियो। 

के थियो कोषको मुद्दा?
अख्तियारले गरिबी निवारण कोषमा लगातार तीन आर्थिक वर्षमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले दायर गरेको अभियोग पत्रमा आर्थिक वर्ष २०६६/६७ मा ९६ लाख २५ हजार ४३० रुपैयाँ,  २०६७/६८ एक करोड ८४ लाख ४२ हजार ९६९ रुपैयाँ र २०६८/६९ मा एक करोड ५४ लाख १९ हजार ५१६ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ। अभियोग पत्रमा उल्लेख भएअनुसार चार करोड ३४ लाख ८७ हजार ९१६ रुपैयाँ भ्रष्टाचार भएको छ।

अख्तियारले गरिबी निवारण कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। यातायातका साधन, दैनिक भ्रमण भत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर करोडौं रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ।

भ्रष्टाचार मुद्दामा मुछिनेमा ३० जना कार्य प्रबन्धक, एक जना वित्त प्रमुख, दुई लेखा अधिकृत, एक लेखा सहायक र एक जना वातावरणीय अधिकृत छन्। अख्तियारले तीन वर्षको अवधिको फाइल अनुसन्धान गरेको थियो। 

त्यतिबेला ३७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालित थियो। कार्यक्रम कार्यान्वयनका लागि कोषले हरेक जिल्लामा कार्यप्रबन्धन नियुक्त गरेको थियो। ती सबै कार्यप्रबन्धकले फर्जी कागजात पेस गरी भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारको आरोप पत्रअनुसार कोषका कार्य प्रबन्धकहरु, लेखा अधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख र कार्यकारी निर्देशकसमेतको मिलेमतोमा व्यक्तिगत लाभ पुर्‍याउने गरी विभिन्न आर्थिक वर्षमा अनियमितता भएको थियो। कार्यप्रबन्धक दीपा रेग्मी, महेशकुमार शाही, वित्त तथा प्रशासन प्रमुख मनोज चिपालु र कार्य प्रबन्धक मनोजकुमार गुप्तासहित ३६ जनाको मिलेमतोमा भ्रष्टाचार भएको अभियोग पत्रमा उल्लेख छ। 

अख्तियारले मुद्दा दायर गरेपछि सरकारको अर्को निकाय राष्ट्रिय सर्तकता केन्द्रले पनि अध्ययन गरेको थियो। केन्द्रको अध्ययनमा पनि गरिबी निवारण कोषमा अनियमितता भएको देखिएको थियो।

सर्तकता केन्द्रको प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको उल्लेख छ। विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्दा १० करोड ४ लाख ४१ हजार ७८८ र घुम्ती कोषमार्फत गरिबको जीवनस्तर उकास्नका लागि सञ्चालन भएको सामुदायिक साझेदारी कार्यक्रममा करीब ८ करोड ५५ लाख २३ हजार ४८१ रुपैयाँ दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ।

यस्ता छन् भ्रष्टाचारका केही नमूना
अख्तियारले अनियमतिता भएको दाबी गर्दै गर्न खर्चका केही नमूना अभियोगपत्रमा उल्लेख गरेको छ। अख्तियारले उल्लेख गरेका केही जिल्लाका नमूना यस्ता छन्– 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
  • बझाङका पीएम झरेन्द्रबहादुर सिंहले २०६७ वैशाख १३ देखि १५ गतेसम्म से५ च २५६ नम्बरको सवारीसाधन भाडामा लिएको भनी भुक्तानी लिए। पछि सेती यातायात कार्यालयले सो सवारीसाधन दर्ता नै नभएको भनी प्रमाणित गरिदियो। त्यसैगरी ८ हजार रुपैयाँ भुक्तानीका लागि पेस भएको से१ ख ५४३ नम्बरको डडेलधुरादेखि देउखेल बझाङसम्म प्रयोग गरिएको भनिएको जीप मिनी ट्रक रहेको प्रमाणित भयो। 
  • डोल्पाका रमेश लामाले होटल बास भनी १ लाख २ हजार रुपैयाँको भुक्तानी लिए। पला गेस्ट हाउसमा बसेर २५ हजार खर्च गरेका लामाले तेब्बर बढीको बिल बनाएको भेटियो।

को–कोविरुद्ध मुद्दा दायर भयो? 

कार्यकारी निर्देशक : राजबाबु श्रेष्ठ (बिगो रु.४ करोड ३१ लाख)

वित्त तथा प्रशासन प्रमुख : मनोज चिपालु (बिगो रु.४ करोड २९ लाख)

लेखा अधिकृतहरू : दिलीप जोशी (बिगो रु.९ लाख ४९ हजार) र प्रवीण घिमिरे (बिगो रु.४ करोड २६ लाख)

लेखा सहायक : सतीश चौधरी (बिगो रु.२७ लाख २० हजार)

वातावरणीय अधिकृत : अविशेष न्यौपाने (बिगो रु.३७ हजार)

कार्य–प्रबन्धकहरू : दीपा रेग्मी (बिगो रु.२० लाख ५९ हजार), झरेन्द्रबहादुर सिंह (रु.१७ लाख २ हजार), निकरबहादुर सुनार (रु.१७ लाख २५ हजार), रवीन्द्र सुवाल (रु.११ लाख ४ हजार), रमेश लामा (रु.१३ लाख ६७ हजार), ओम पौडेल (रु.१८ लाख ७२ बजार), मीना नकर्मी (रु.६ लाख ६३ हजार), महेश शाही (रु.१७ लाख ३ हजार), विक्रम कार्की (रु.१२ लाख), लोकेन्द्र बडाल (रु.२३ लाख ६ हजार), पदम ठगुन्ना (रु.१८ लाख ८४ हजार), प्रमोद जोशी (रु.४३ लाख ३१ हजार), भूपानन्द विक (रु.१६ लाख ९३ हजार), कमल थिङ (रु.११ लाख ९१ हजार), मालती चौधरी (रु.१३ लाख ६३ हजार), सजदा खातुन (रु.७ लाख ५ हजार), नविक पोख्रेल (रु.७ लाख २० हजार), राम भुसाल (रु. ९ लाख ३४), अमर पाख्रिन (रु.१० लाख ८६ हजार), प्रविण मानन्धर (रु.११ लाख ५१ हजार), बालकृष्ण विक (रु.२४ लाख ८३ हजार), कृष्ण सेराला (रु.२२ लाख ७३ हजार), तारा जोशी (रु.१३ लाख १८ हजार), ईश्वर विक (रु.१२ लाख ६३ हजार), मनोज गुप्ता (रु.१२ लाख ४६ हजार), प्रदिप पौडेल (रु.५ लाख ७६ हजार), अरुण पाण्डे (रु.१ लाख २५ हजार), अच्युतसिंह प्रधान (रु.९ लाख २५ हजार), निर्मल पन्त (रु.४ लाख ४८ हजार), सुमिता मल्ल (रु.६७ हजार)

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्