काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई पराजित गर्ने सपना नदेख्न भनेका छन्।
आइतबार एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले माधवकुमार नेपालले एमालेलाई चुनावमा हराउँछु भन्नु र मच्छरले (लामखुट्टेले) हात्ती खाएको सपना देख्नु उस्तै रहेको बताए।
'मच्छरले निदाएको बेला सिङ्गै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नु पर्छ भन्नू उस्तै हो', ओलीले बैठकमा भने।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पछिल्लो समय एमालेलाई आउँदो चुनावमा पराजित गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। उनले एउटा कार्यक्रममा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्याउने बताएका थिए। ओलीले सोही अभिव्यक्तिको जवाफ फर्काएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।