काठमाडौं– कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आज (आइतबार) दुई खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स भिड्ने छन्। यस दुई टोलीबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
करण केसीको कप्तानीमारहेको विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ भने सोमपाल कामीको कप्तानीमा रहेको चितवनसमेत विजयी सुरुवात गर्न चाहन्छ।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ। भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन्।
यसअघि शनिबार सम्पन्न उद्घाटन खेलमा काठमाडौं किङ्स ११ ले विजयी सुरुवात गरेको छ। काठमाडौंले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।