काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही चयन भएका छन्।
पोखरामा भएको अखिल (क्रान्तिकारी)को २२औं सम्मेलनले शाहीलाई अध्यक्ष चयन गरेको हो।उनी यसअघि महासचिव थिए।
यस्तै उपाध्यक्ष नरेन्द्र विश्वकर्मा, महासचिव मिलन राई, सचिवमा वीरेन्द्र शाह, कोषाध्यक्षमा रुपा बुढामगरसहित १०५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ।
सम्मेलन असोज ६, ७ र ८ गते पोखरामा सम्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।