काठमाडौं- साविक विजेता एट्लेटिको मड्रिडले जारी स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ।
शनिबार सम्पन्न खेलमा घरेलु टोली अलाभेसले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।
अलाभेसको जितमा लागुर्डियाले गरेको एक मात्रै गोल निर्णायक बन्यो। उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए।
अलाभेसको यो पहिलो जित हो। यता, पराजित एट्लेटिकोले ७ खेलबाट १४ अंक जोडेको छ। एट्लेटिको अंक तालिकाको दोस्रो स्थानमा छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ६ खेलबाट १६ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।