काठमाडौं- पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा पराजित भएको छ।
शनिबार ओल्ड ट्राफर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।
निर्धारित समयको खेल सकिँन दुई मिनेट बाँकी रहँदा कोर्टने हायुजले गोल गर्दै भिल्लालाई जित दिलाए। ८८औं मिनेटमा कोर्टनेले डगलस लुइजको पासमा गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत् बराबरी गर्ने अवसर पाएको थियो। फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएका थिए।
फर्नान्डेस को पेनाल्टी आकासिएपछि युनाइटेड घरेलु मैदानमा भिल्लासँग १-० ले पराजित भयो।
जारी सिजनको प्रिमियर लिगमा युनाइटेडको यो पहिलो हार हो। जितसँगै भिल्ला १० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ। यता, युनाइटेड ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।