काठमाडौं- साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
स्टामफोर्ड ब्रिजमा शनिबार साँझ सम्पन्न खेलमा सिटीले घरेलु टोली चेल्सीविरुद्ध १–० को जित दर्ता गरेको हो। सिटीका लागि दोस्रो हाफमा ब्राजिली फरवार्ड गाब्रियल जेससले गरेको गोल नै निर्णायक भयो।
५३औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएका थिए। उनले जोओ क्यान्सिलोको पासमा गोल गरे।
६२औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि उक्त मुभमा पास मिलाइदिएका काई हाभर्टज अफसाइड पोजिसनमा देखिए।
जितसँगै सिटीको ६ खेलबाट १३ अंक पुगेको छ। समान १३ अंक नै रहेपनि पराजित चेल्सी सिटी र लिभरपुलभन्दा पछि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।