काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भोलि पुन: बस्ने गरी सम्पन्न भएको छ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठक आजका लागि समापन गरिएको हो। बैठक भोलि बिहान ११ बजे पुन: बस्ने जानकारी दिइएको छ।
शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत छलफल गर्न १० वटा समिति बनाइएको थियो।
ती समितिमा भएका छलफलको निष्कर्ष प्रस्तुत गर्न प्रत्येक समूहमा नेता छनोट गरिएको थियो। उनीहरुले आजको बैठकमा आ-आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।