काठमाडौं- नेकपा (एमाले)मा पदाधिकारी संख्या बढाउनुपर्ने माग उठेको छ। अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै दश वटै समूहका टोली नेताले पदाधिकारी संख्या बढाउनुपर्ने माग राखेका हुन्।
एमालेको विधान महाधिवेशन यही असोज १५-१७ मा हुँदैछ। एमालेका केन्द्रीय कमिटी सदस्यहरूले प्रस्तावित विधानमा उल्लेख पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरेका हुन्।
भूगोलको प्रतिनिधित्व हुने गरेर सात उपाध्यक्ष, सात सचिव हुनुपर्ने उनीहरूको माग छ। अध्यक्ष १, महासचिव १ र उपमहासचिव ३ राख्न सकिने उनीहरूको सुझाव छ।
नवौं महाधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २ र ५ सचिव निर्वाचित भएका थिए। तर, विधान महाधिवेशनमा पेस गरिने प्रस्तावित प्रतिवेदनमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव २ र सचिव ७ को व्यवस्था गरिएको छ।
सुरुमा मस्यौदा तयार पर्दा ३ उपाध्यक्ष भनिएपनि पछि बढाएर पाँच बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।