काठमाडौं- नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अमेरिकी सहयोगको परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने माग उठेको छ।
विभिन्न १० समूहका नेताहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय विभागको तर्फबाट उक्त विषय उठाइएको हो। केन्द्रीय विभागको तर्फबाट खगराज अधिकारीले निष्कर्ष राख्दै एमसीसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताए।
उनले पार्टीको सम्पूर्ण शक्तिलाई एकताका साथ अघि बढाउनुपर्ने बताए। 'अब एकताका साथ अगाडि बढ्नुपर्छ, जे जस्ता समस्या छन् त्यसलाई हल गरेर अगाडि जानुपर्छ। विवादले शक्ति क्षिण हुनु हुँदैन,' अधिकारीले भने।
बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।