काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी छ। अध्यक्ष केपी शर्मा ओलीको व्यस्ताका कारण बैठक ढिलागरि सुरु भएको हो।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल गर्न गठित टोलीले निष्कर्ष सुनाउनेछन्।
प्रत्येक समूहको तर्फबाट सुझाव प्रस्तुत गर्ने टोली नेतालाई १० मिनेट समय दिइएको छ। लुम्बिनी प्रदेशको तर्फबाट टोली नेता दलबहादुर रानाले निष्कर्ष सुनाइरहेका छन्।
१० समूहको टोली नेतामा माधव नेपाललाई छाडेका तेस्रो धारका कुनै पनि नेतालाई जिम्मेवारी दिइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।