फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा तीन दस्तावेजमाथि समूहगत छलफल जारी छ।
तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल जारी छ।
छलफलका लागि एमालेले १० वटा समूह बनाएको थियो। समूहगत छलफल सकेर आजै केन्द्रीय कमिटी बैठक टुंग्याउने एमालेको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।