काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
कांग्रेसका वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन आज सुरु भएसँगै सभापति देउवाले नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागि कांग्रेसका प्रतिनिधिहरुलाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका हुन्।
उनले प्रतिनिधीहरुलाई स्वागत गर्दै कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागि हुन अनुरोध गरेका छन्।
प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने उनले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।