काठमाडौं– जारी जर्मन बुन्डेसलिगामा १० खेलाडीमा सिमित वायर्न म्युनिखले ग्रुथर फर्थलाई पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा वायर्नले ग्रुथर फर्थलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
दोस्रो हाफमा बेन्जामिन पाभार्ड रातो कार्ड खाएपछि वायर्न १० खेलाडीमा सिमित बनेको थियो।
वायर्नको जितमा थोमस मुलरले सुरुवाति अग्रता दिलाएका थिए।
जोशुआ किमिचले अग्रता दोब्बर बनाएका थिए। वायर्नले एक गोल उपहार पाएको थियो। सेबास्टियन ग्रिसबेकले आत्मघाति गोल गरेका थिए।
जीतसँगै वायनले स्पष्ट तीन अंक जोडेको छ। यससँगै वायर्नले दोस्रो स्थानको उल्फसवर्गसंग तीन अंकको अग्रता लिएको छ ।
वायर्न ६ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ । फर्थ एक अंक सहित तालिकाको पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।