काठमाडौं- फिलिपिन्स एएफसी महिला एसियन कप फुटबलमा छनोट भएको छ।
उज्वेकिस्तानमा जारी छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा हङकङलाई २-१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो।
छनोटको समूह ‘एफ’मा रहेको फिलिपिन्सले २ खेलमा २ जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा रह्यो। हङकङले २ खेलमा १ अंक जोड्यो।
यसै, समूहको रहेको नेपालले पनि २ खेलमा १ अंक जोड्यो। अब फिलिपिन्सले भारतमा आयोजना हुने एसियन कप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।