Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फेरि बेञ्च–बार 'शीतयुद्ध' : इजलास बहिस्कार गरेका एमिकस भन्छन्– प्रधानन्यायाधीशबाटै सहमति उल्लंघन

64x64
नेपाल लाइभ शुक्रबार, असोज ८, २०७८  २०:०३
1140x725

काठमाडौ– संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशबारेका मुद्दा सुनुवाइको सुुनुवाईका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सुनुवाईबाट अलग हुनुपर्ने भन्दै सुरु भएको विवाद झन् गहिरिएको छ।  शुक्रबार सर्वोच्च अदालतको नियमित इजलासमा पेस भएको यो विवादसम्बन्धी मुद्दाको सुनुवाईमा एमिकस क्युरी सदस्यहरु नै उपस्थित नभएपछि यो विवाद झन् गहिरो बन्दै जाने र त्यसले सुनुवाईमा थप असहजता थपिने देखिएको छ। 

प्रधानन्यायाधीश जबराले यो मुद्दा सुनुवाईका लागि शुक्रबार ‘कम्फर्टेबल’ इजलास गठन गरेको चर्चा न्यायिक वृत्तमा भएको थियो। उनले न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासमा पेसी तोकेका थिए। निर्धारित समयमै इजलास हुने भन्दै कानुन व्यवसायीहरु तयारीका साथ वहस गर्न इजलासमा पुगिसकेका थिए। तर, यो सुनुवाईमा एमिकसका रुपमा झिकाइएका नेपाल बार एसोसियसन र सर्वोच्च बारका प्रतिनिधिले बहस नै नगर्ने जानकारी पठाएपछि त्यसरी तयारी गरेर इजलास पुगेका कानुन व्यवसायीहरु पनि बहस नगरी फर्किए। 

नेपाल  बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र शेरबहादुर केसीको नाम एमिकसका रुपमा पठाएको थियो। त्यसैगरी, सर्वोच्च बारले अध्यक्ष पूर्णमान शाक्य र रविनारायण खनालको नाम पठाएको थियो। यसरी तोकिएका एमिकसहरु नै बहसका लागि उपस्थित नभएपछि संयुक्त इजलासले ‘अन्य आदेश’ गरेर मुद्दा टुङ्गाएको छ।  

किन गएनन् एकिमस? 
संवैधानिक इजलासको विवादमा तानिएपछि प्रधानन्यायाधीश जबराले गत भदौ २८ मा बेञ्च–बार समन्वय समितिको बैठक बोलाएका थिए। वरिष्ठ न्यायाधीश, सर्वोच्च बारका अध्यक्ष र नेपाल बारका पूर्वअध्यक्षहरु सहभागी उक्त बैठकमा उनले आफूले मुद्दाको निकास दिने बताएका थिए। त्यो दिनको छलफलमा जबराले जारी विवाद अन्त्यका लागि संवैधानिक इजलास तोक्न आफू तयार रहेको बताएका थिए । 

बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का र हरिकृष्ण कार्की सहभागी थिए। त्यस्तै बारका पूर्वअध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य सहभागी थिए। उनीहरुले यो विवाद संवैधानिक इजलासमा लगेर समाधान गर्न आग्रह गरेका थिए। त्यसमा प्रधानन्यायाधीश जबरा पनि सहमत भएका थिए। तर, शुक्रबार प्रधानन्यायाधीशले त्यो सहमति उल्लंघन गरेर नियमित इजलासमा, त्यो पनि जुनियर न्यायाधीशहरुलाई तोकेको भन्दै एमिकस क्युरी रहेका वरिष्ठ अधिवक्ताहरुले सरसल्लाह गरेका थिए। त्यसपछि उनीहरुले बहसमा नजाने निर्णय गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

आन्तरिक तयारीपछि तोकिएको थियो संयुक्त इजलास 
प्रधानन्यायाधीश जबराले बिहीबार इजलास तोक्ने विषयमा आन्तरिक छलफल गरेका थिए। यो मुद्दा संवैधानिक इजलासमा तोक्नका लागि इजलासले आदेश गर्नुपर्ने वा संवैधानिक विवादको देखिनुपर्ने अवस्था नभएकाले अहिले संयुक्त इजलासबाट सुनुवाई गर्ने भन्ने विकल्पबीच उनले संयुक्त इजलासबाट सुनुवाई गर्ने निर्णयसहित शुक्रबारको नियमित इजलासमा पेसी तोकेका थिए।  

एमिकस मध्येका एक वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीशबाटै सहमति उल्लंघन भएकाले शुक्रबार बहसमा नगएको नेपाल लाइभलाई बताए। ‘बहसका लागि कागजपत्र केही छैन, के बहस गर्न जाने भनेर नगएको हो’, उनले भने, ‘प्रधानन्यायाधीशले नै संवैधानिक इजलासमा तोक्छु भन्नु भएको थियो, अहिले नियमित इजलासमा पेसी तोकिएपछि त्यहाँ गइरहनु आवश्यक भएन।’

अब अर्को दिनको पेसी तोकिए बहस गर्न जानुहुन्छ कि जानुहुन्न भन्ने प्रश्नमा उनले केही निर्णय नगरिसकेको बताए। ‘अस्ति छलफलमा एउटा कुरा गर्ने, अनि अहिले अर्को काम भएपछि बहस गर्न मनले मानेन’, ती वरिष्ठ अधिवक्ताले भने, ‘संवैधानिक इजलासको विवाद दुइजना, त्यो पनि जुनियर न्यायाधीशको इजलास तोकेपछि के जानु?’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो घटनापछि मंसीर ३० र त्यसपछि जारी भएको अध्यादेशको विवादमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले गरेको आदेशको विवाद अझै केही समय रहने भएको छ। यसले बेञ्च र बारका बीचमा शीतयुद्ध सुरु भएको टिप्पणीसमेत हुनथालेको छ। 

इजलासमा उपस्थित भएर संवैधानिक इजलास माग्न सक्ने विकल्प हुदाँहुदै नेपाल बार र सर्वोच्च बारका एमिकसहरुले बहस नै बहिस्कार गरेपछि यसको निकास सहजै निस्कने सम्भावना कम देखिएको छ। अब अर्को पेसी संवैधानिक इजलासमा नतोकिए उनीहरुले बहस नगर्ने निश्चित देखिन्छ। त्यसबाट प्रधानन्यायाधीश जबरा थप दबाबमा पर्ने देखिएको छ।

प्रधानन्यायाधीशले अग्रसरता लिएर यो विवाद अन्त्य नगरेमा अर्को सुनुवाई नहुने ती एमिकसले बताए। ‘एक पटक बहिस्कार गरेको इजलासमा फेरी कसरी बहस गर्न जाने?’, उनले भने, ‘फेरि संवैधानिक इजलासको विवाद भएकाले अन्यत्रबाट निकास खोज्नु भनेको मुद्दालाई लम्ब्याउनु मात्र हो।’ 

उनको बुझाइमा प्रधानन्यायाधीश जबराले यसलाई जति लम्ब्याउँन खोज्छन्, त्यति नै विवाद थप बढ्दै जानेछ, बेञ्च र बारबीच पनि तिक्तता बढ्नेछ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
सम्बन्धित सामग्री
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शुक्रवार हेटौँडा कपडा उद्योगको अवलोकन गर्दै मन्त्री पुनले उद्योगमा रहेका मेसिनहरू निकै पुरानो प्रविधिका भएपनि अझै काम गर्न सक्ने अवस... शनिबार, मंसिर १२, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
नारायणगढ मुग्लिड सडक बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द शनिबार, मंसिर १२, २०८३
महावीर पुनको योजना : हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधिबाट पुनर्जीवन दिने शनिबार, मंसिर १२, २०८३
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
प्रधानमन्त्री बालेन पनि राष्ट्रपति भेट्न शीतल निवासमा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्