काठमाडौं- नेपाली कांग्रेसले काठमाडौंको नगर अधिवेशन असोज १६ मा गर्ने भएको छ। पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ९ (शनिबार)मा पालिका अधिवेशन हुनुपर्ने थियो।
पूर्वनिर्धारित समयअनुसार पालिका अधिवेशन गर्न नसकिने जनाउँदै निर्वाचन अधिकृतले एक साताको तालिका पर सारेका हुन्। जिल्लाभित्रका वडामा असोज ५ मा केही वडामा अधिवेशन नसकिएकाले पालिका अधिवेशन सार्नुपरेको निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए।
असोज ५ गते सम्पन्न गरी निर्वाचन प्रतिवेदन आउने क्रम जारी रहेको तथा एक/दुई ठाउँमा पुनः निर्वाचन गराउनुपर्ने अवस्था आएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन अधिकृत आचार्यले १३८ वडा अधिवेशनका मतदाताको नामावली तयार हुन नसकेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।