काठमाडौं– अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक इजलाससम्बन्धी मुद्दामा आफूलाई सामेल गराउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस गरेका छन्।
संवैधानिक नियुक्तिबारेको मुद्दामा प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले हालेको मुद्दाको बहसमा आफूलाई समेत सहभागी गराउन अर्यालले निवेदन दिएका हुन्।
अधिवक्ता अर्यालले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ (२) अनुसार मुद्दामा विपक्षी नबनाइए पनि सुनुवाइमा संलग्न भइ पुर्पक्ष गर्न अनुमति पाउँ भनी आधार र कारणसहित निवेदन दिन सक्ने व्यवस्थाअनुसार निवेदन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।