काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति सर्ने चर्चाका बीच नेता गगन थापाले शीर्ष नेताहरुको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेता थापाले नेताहरु नेताहरु विधिमा नचलेको र थितिमा नबसेको भन्दै सामाजिक सञ्चालमार्फत् आलोचना गरेका छन्।
अहिले पनि नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै थापाले यस्तै हालतमा पार्टी चलाइरहने कि बदल्ने भनेर प्रश्न गरेका छन्।
'कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन। कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने,' थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने? सोचौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।