काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त भएका छन्।
पूर्व गृहसचिव नेपाललाई मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। काभ्रे पाँचखालका नेपाल कांग्रेस निकट रहेका छन्।
नेपाल खिलराज रेग्मी नेतृत्वको सरकारको समयमा गृह सचिव थिए।
नेपालका बुबा टंकनाथ शास्त्री काभ्रेमा कांग्रेसका पुराना नेता हुन्। प्रशासनिक सल्लाहकार भएका नेपालले कांग्रेसको क्रियाशील सदस्यता लिएर क्षेत्रीय प्रतिनिधिमा चयन भएको काभ्रेका कांग्रेस नेता शिव हुमागाईंले जानकारी दिए।
यस अघिका सरकारका समयमा प्रशासनिक सल्लाहकार नियुक्त गर्ने प्रचलन थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।