काठमाडौं- राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरान पराजित भएको छ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा शंखमुल फुटसलसँग राइजिङ ५-२ गोल अन्तरले पराजित भएको हो।
शंखमुलको जितमा क्रिजल खड्काले दुई गोल गरे। अरुज सिंह, मणि लामा र सुसान श्रेष्ठले एक-एक गोल गरे।
राइजिङका नगेन राई र सुदीप गुरुङले एक-एक गोल फर्काए पनि टिमको हार टर्न सकेन।
शंखमुलका मणि लामा 'प्लेयर अफ दि म्याच' घोषित भए।
राइजिङ अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। राइजिङले चार खेलमा नौ अंक जोडेको छ।
शंखमुलको यो दोस्रो जित हो। शंखमुलले चार खेलमा ८ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।