काठमाडौं- नेकपा (एमाले)को आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न समूह बनाइएको छ।
आसन्न विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको केन्द्रीय सदस्य निरुदेवी पालले जानकारी दिइन्। ‘आज समूह बनाइएको छ। समूहमा प्रतिवेदनमाथि छलफल गरेर भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ उनले भनिन्।
एमालेको विधान महाधिवेशनमा प्रस्तुत हुने तीन वटा प्रतिवेदन आजको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि बाँडिएको छ। केन्द्रीय सदस्य पालले सातवटै प्रदेश, उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरु रहेको १० वटा समूह बनाइएको जानकारी दिइन्।
भोलि बिहान ११ बजे बस्ने बैठकमा दशवटै समूहले टोली नेता छानेर आवश्यक सुझावहरु पेस गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।