चितवन– नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका नेता रामबहादुर थापा (बादल)ले चितवनबाट प्रत्यक्षतर्फ चुनाव लड्ने संकेत गरेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आफ्नो प्रतिस्पर्धा हुनसक्ने पनि बताएका छन्।
प्रेस चौतारी चितवनले भरतपुर विमानस्थमा गरेको पत्रकार सम्मेलनमा त्यस्तो अवस्था आउने बताएका हुन्।
उनले भने, 'पार्टीले अहिल्यै निर्णय त गरिसकेको छैन, तर चितवनमा प्रचण्ड भर्सेस बादल हुनसक्छ।' पूर्व माओवादी नेता बादलले जनयुद्धको लाइन आफूले नभइ प्रचण्डले छाडेको समेत दाबी गरे। आफ्नो लाइन भनेको समाजवाद र समृद्धि रहेको उनको भनाइ छ।
उनल भने, 'लाइन प्रचण्डले छाडेका हुन्। उहाँहरु पूँजीवादको दिशातिर गइरहनुभएको छ। अर्थ मन्त्रालयले केही दिन अघि व्यवसायमा लगानी गर्दा आयस्रोत खुलाउनु नपर्ने निर्णय गर्यो। त्यो कसको सेवा हो? दलाल पूँजीवादको सेवा हो।'
माओवादीभित्र अन्तरविरोध रहेको बताउँदै उनले अरु नेताले पनि प्रचण्डको साथ छाड्दै जाने बताए। प्रचण्डले एक्लो हुने चिन्ता दर्शाइरहेको पनि उनले स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।