काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार विहान ११ बजेका लागि बोलाइएको थियो। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा केन्द्रीय कमिटी बैठक १ घण्टा ढिला गरि सुरु भएको छ।
अधिकांश बैठक र कार्यक्रमहरुमा निर्धारित समय भन्दा ढिला गरि पुग्ने अध्यक्ष केपी शर्मा ओली शुक्रबारको बैठकमा भने निर्धारित समयमा नै बैठक स्थलमा पुगेका थिए।
तर, अन्य नेताहरु आउन ढिला गरेपछि बैठक १२ बजेपछि मात्र सुरु हुन पुग्यो। १ घण्टापछि बैठक सुरु गर्दै ओलीले निर्धारित समय भन्दा पछि आउनेलाई समयको ख्याल गर्न भनेका थिए।
उनले समयमै बैठकमा आउन र समयको ख्याल गर्न भन्दै सम्झाइरहँदा उपाध्यक्ष भीम रावल बैठक हलमा प्रवेश गर्ने संयोग परेको थियो।
बैठक सुरु हुनासाथ नेता झपट रावलले १० बुँदे सहमति कार्यान्वयनका विषयमा प्रश्न उठाएका थिए। पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बैठक सुरु हुनासाथ रावलले १० बुँदे सहमति बारे प्रश्न उठाएका हुन्। उनी रावल निकटका नेता हुन्।
बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने अजेन्डा तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।