काठमाडौं- राष्ट्रिय सभाको बैठक सुरु भएको छ।
शुक्रबार राष्ट्रिय सभा बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राखेको छ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने बताएका थिए।
उनले यसो भनेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए तर एमाले सांसदहरुले बिरोध जारी राखे।
त्यसपछि उनले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए। बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।