काठमाडौं– ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। १० खेलाडीमा समेटिएको बार्सिलोना घरेलु टोली क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको हो।
खेलको ६५औं मिनेटमा फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।
दुवै टोलीले उत्कृष्ट प्रहार गरे पनि गो भने हुन सकेन। घरेलु टोली क्याडिजलाई बल पोजिसनमा दवावमा राखेपनि फिनिसिङमा चुुक्दा बार्सिलोना बराबरीमा रोकिन बाध्य भएको हो।
बराबरीपछि लिगमा अपराजित बार्सिलोना ५ खेलबाट ९ अंकका साथसातौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।