काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई पदाधिकारीको पार्टी भएको भन्दै व्यंग्य गरेका छन्। तर, उनले सो पार्टीको नाम नलिइ माने (माधव नेपाल) पार्टी भनेर सम्बोधन गरे।
एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, 'भर्खर म माने पार्टीको यसो हेर्दैथेँ, पदाधिकारीको पार्टी भएछ। खोज्दै हुनुहुन्छ। पदाधिकारीको ठाउँ अलिकति भरिएको छैन। किनकि मान्छे खोज्दै हुनुहुन्छ। बिकाउको माल कतै छ कि, कसैलाई तान्न सकिन्छ कि, यो पद दिन्छु भनेर तान्न सकिन्छ कि, खोज्दै हुनुहुन्छ। तर त्यो पूरा भएको छैन।'
मंगलबारदेखि बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरुको टुंगो लगाएको थियो। जहाँ अध्यक्ष १ जना, वरिष्ठ नेता १ जना, नेता १ जना, उपाध्यक्ष ७ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ४ जना बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।