काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता छाडेर पार्टी राम्रो बनाउन सुझाव दिएका छन्।
वैचारिक भनिएका घनश्याम भुसाललगायतले केपी शर्मा ओलीकहाँ आत्मसमर्पण गरेको लगायतका प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै यस्तो बताएका हुन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भुसालले लेखेका छन्, 'कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो। हाम्रो पार्टी हामीले नै बनाउछौं। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।'
प्रचण्डले गत सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता वैचारिक दाबी गर्ने नेताहरूले आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, 'जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे। केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो।' ओली जाली मान्छे भनेर आफूलाई घनश्याम, योगेश, गोकर्णलगायले सिकाएको प्रचण्डले बताएका थिए।
उनले भनेका थिए, 'त्यो १० जनाको टिम छ नि, उहाँहरूले हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नुभयो। तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।