काठमाडौं- बिहीबार राष्ट्रिय सभाबाट पारित विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ।
संघीय संसद प्रतिनिधि सभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भइ सोहि दिन राष्ट्रिय सभामा पठाइएको “विनियोजन विधेयक, २०७८” आज बसेको राष्ट्रिय सभाको बैठकबाट पारित भएको हो
राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।