काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले प्रवेश गरेका दुई नेताहरु रामबहादुर थापा 'बादल' र टोपबहादुर रायमाझीप्रति दिग्दारी व्यक्त गरेका छन्। बिहीबार वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले थापा र रायमाझीलाई भगौडा भएको बताए।
'जसलाई धेरै मन्त्री बनाएँ मैले, त्यही सबैभन्दा ठूलो भगौडा। त्यही धोकेवाज भन्ने जनतालाई भयो। कोहीकोहीलाई मन्त्री बनाएपछि ठीक हुन्छ भन्ने ठानेको त केको हुन्थ्यो? त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त। त्यो बादल अब मेरो हिजोको साथी, बढी त भन्दिनँ। सम्झिँदा पनि एलर्जी हुन्छ', उनले भने।
उनले आफूले बादललाई कहाँबाट ल्याएर गृहमन्त्री बनाएको, सरकारको नेतृत्व गर्नुस् भनेर बनाएको बताए। उनले माओवादीमा जो जति माथि आएको छ, उति बिग्रिएको बताए। 'आम तलका कार्यकर्ता पनि बिग्रिएका छैनन्। बिग्रेका भनेका टाठाबाठा, चुनाव जितेका जति धेरैजसो बिग्रिए', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।