काठमाडौं- बिहीबारको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ। प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै एमालेले विरोध स्वरुप बेल घेर्दै अवरोध पुर्यायो।
एमाले सांसदहरूको विरोधलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको अभ्यास गर्ने थलो भएकाले अत्यावश्यक अर्थ विधेयकमा छलफल गर्न अवरोध खोल्न आग्रह गरे। जनजीवीकाका विषयमा बोल्न सांसदहरुले नपाएको भन्दै उनले सहयोगका लागि एमालेसँग अनुरोध गरे।
अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइने पुनः स्मरण गराउँदै उनले अवरोध नगर्न माग गरे। तर, एमाले सांसदहरूले उक्त आग्रहलाई अस्वीकार गर्दै 'संसदीय मर्यादा कायम गर' भन्दै नारा लगाइरहे।
तर, एमालेको अवरोधकै बीच सभामुखले सदनको कारबाही अघि बढाए। बजेटका अन्य विधेयक पेश भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।