काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश दीपक कुमार कार्कीको बुधबारको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो।
गैरआवासीय नेपाली संघका तर्फबाट अधिवक्ता रविनराज बज्राचार्यले दायर गरेको रिटमा एनआरएनएको विषयमा लेखा बाहेक अरु मामिलामा परराष्ट्रले हेर्न नमिल्ने भनेर परमादेशसहित अन्तरिम आदेश मागदाबी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।