काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले बिरोध थालेका छन्।
बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरू बेल घेर्न पुगेका थिए। उनीहरुले नाराबाजी गरिरहेपनि सभामुख सापकोटाले सदनको काम कारबाही अघि बढाए।
एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख सापकोटाले संसद बैठक जारी राखेका छन्।
बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।