काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालले बिहीबार पनि राष्ट्रिय सभा बैठकमा बिरोध जारी राखेको छ।
आजको बैठक सुरु हुनासाथ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदहरुलाई बिरोध अन्त्य गर्न आग्रह गरेका थिए। तर, एमाले सांसदहरुले उठेर बिरोध जनाइराखेका थिए।
उनले सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद विस्तारको सूचना सुनाएका थिए। पछिल्लो पटक परराष्ट्रमन्त्रीमा नारायण खड्काले शपथ लिएका थिए।
यसअघि राष्ट्रिय सभामा पेश भएको बजेटको विनियोजन विधेयकमा छलफलमा भाग लिन दलीय आधारमा नाम दिन अध्यक्ष तिमिल्सिनाले समय दिएका थिए। तर, कसैको नाम पनि नआएपछि अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।