फाइल तस्वीर
काठमाडाैं– एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फिर्ता भएको छ। समूह चरणबाटै बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएकाे हो।
मंगलबार भएको दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिएको थियो। नेपालले छनोटमा २ खेलमा मात्रै १ अंक जोड्यो। नेपाल पुछारमा रह्यो ।
पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो। यस समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।