काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ पुर्याउने भएको छ।
तर, केन्द्रीय कमिटीमा को को रहने भन्ने टुंगो अझै लागिसकेको छ। भोलिसम्म केन्द्रीय कमिटीले पूर्णता पाउने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
यसअघि दल दर्ता प्रयोजनका लागि निर्वाचनमा आयोगमा ११६ जनाको नाम बुझाइएको थियो। त्यसमा एमालेमा रहेका ५९ जना केन्द्रीय सदस्यले सनाखत गरेका थिए।
यस्तै, पोलिटब्यूरो केन्द्रीय कमिटीको एक चौथाइ हुने भएको छ। केन्द्रीय कमिटीमा को को रहने भन्ने टुंगो नलागेकाले पोलिटब्यूरो पनि आजै टुंगो नलाग्ने खतिवडाले बताए।
मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। एकीकृत समाजवादीले पार्टीको महासचिवमा वेदुराम भुसाललाई चयन गर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।