काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसाल बन्ने भएका छन्।
मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले बिहीबार भुसाललाई महासचिव चयन गर्न लागेको हो। नेताहरुबीच सहमति भएसँगै भुसाललाई आज बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्ने छ।
'पार्टीले मलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको छ, अब पार्टी बैठकले यसबारे घोषणा गर्छ' नेपाल लाइभसँग भुसालले भने।
आजको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य पनि टुंगो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।