काठमाडौं– ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ। स्पेनिस विंगर मार्काे एसेन्सियोको ह्याट्रिक तथा कप्तान करिम बेन्जेमाले दुई गोलसँगै रियलले रियल मलोर्कालाई ६–१ ले पराजित गरेको हो।
घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियललका कप्तान बेन्जेमाको गोलबाट रियलले तेस्रो मिनेटमै अग्रता लिएको थियो।
खेलको २४औं मिनेटमा मार्काे एसेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। लगत्तै २५औं मिनेटमा काङ इन लिले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
खेलको २९औं मिनेटमा एसेन्सियाले बेन्जेमाको पासमा गोल गरेपछि रियलले पहिलो हाफमा ३–१ को स्थितिमा पुगेको थियो।
खेलको ५५औं मिनेटमा एसेन्सियाले बेन्जेमाको पासमा ह्याट्रिक पूरा गर्दा रियलले ४–१ को अग्रता लिन सफल भयो।
यसअघि ४९औं मिनेटमा कप्तान बेन्जेमाले गोल गरेपनि भिएआरबाट उनको गोलले मान्यता पाएन। त्यसैगरी, ७८औं मिनेटमा बेन्जेमाले डेभिड अलाबाको पासमा व्यक्तिगत दोस्रो गरे। खेलको ८४औं मिनेटमा सब्सिच्युट इस्कोले भिनियिस जुनियरको पासमा गोल गर्दै टोलीलाई ६–१ को फराकिलो जित दिलाए।
जितसँगै अपराजित रहेको रियल ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित मलोर्का ८ अंकका साथ १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।