फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइलाई आलोचना गरेका छन्। ७२/७३ दिनदेखि सरकार बन्न नसकेको भन्दै उनले कारण लोभी पापीको हड्डीका लागि ङारङारङुरङुर भन्दा बाहेक अरु केही नभएको बताए।
उनले पार्टी विभाजन नभएको समेत बताएका छन्। 'केही बिग्रिएका, पतित तत्वहरु, कुनैकुनै आँप बोटमा हेर्दाहेर्दै कुहिन सक्छ नि! त्यस्तै कुहिएर झरेका तत्व हुन्', उनले भने।
ओलीले माधव नेपालको पार्टीले मान्यता पाउनै नसक्ने बताए। साउन २५ गते आफूहरुले निकालेका मान्छेहरुलाई भदौ ९ गते राखेर पार्टी दर्ता गरिएको भन्दै त्यो ज्यादती भएको बताए।
'हामीले अदालतमा मुद्दा हालेका छौं। अदालतले यदि न्याय दिने हो भने माधव नेपालको पार्टीले मान्यता पाउँदैन', बुधबार बर्दियाको गुलरियामा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले भने।
ओलीले गएको निर्वाचनमा प्रचण्डको हविगत देशभरीबाट प्रत्यक्षमा पाँचवटा सिट ल्याउने नभएको बताए। 'तर, ३६ वटा हामीले बनाइदिएको हो। त्यसलाई बिर्सिएर, जुन हातले दूध र भात दियो, त्यही हात क्वाप्प टोकिदिने!', उनले आक्रोश पोखे।
प्रचण्डलाई कुर्सीमा राखिदियो भने एकछिन पनि बस्न नसक्ने बानी रहेको ओलीले बताए। 'छटपटछटपट। बानी त्यस्तो छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।