• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकी र प्रदेश २ का मुख्यमन्त्रीबीच भेटवार्ता, संघीयतालाई मजबुत बनाउन प्रदेशबीचको सहकार्यमा जोड

64x64
नेपाल लाइभ बुधबार, असोज ६, २०७८  १७:३९
1140x725

पोखरा- गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले बुधबार पोखराको भ्रमणमा गरेको छ। मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उनीहरुबीच बुधबार नै औपचारिक भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत: मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहनाबमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको बताए। उनले भने, ‘अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ। त्यसैले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाउन आवश्यक छ।’

राजस्व बाँडफाँटमा संघले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले विकासका आवश्यकताहरु पूरा हुने अवस्था नभएको उल्लेख गर्दै उनले यसलाई बढाउन पहल गर्नुपर्ने बताए।

संघीय सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको, शान्ति सुरक्षालगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिँदा प्रदेश सरकार चाहेर पनि काम गर्नसक्ने अवस्थामा नरहेको उनको भनाइ थियो। उनले भने, ‘ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा बाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि संघीय सरकारले ध्यान दिएको छैन।’

ठूला विकास साझेदारको स्रोत परिचालन संघबाट हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्ने बताए। अन्तरप्रदेश समन्वय परिषद्‍को बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उनको भनाइ थियो।

Ncell 2
Ncell 2

साझा सरोकारका विषयमा समय-समयमा मुख्यमन्त्रीहरुबीच छलफल गरी अनुभव तथा सहयोगको आदानप्रदान तथा संघीयताको प्रवर्द्धनका लागि स्पष्ट धारणा बनाउन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए। ‘सबै प्रदेशका मुख्य मन्त्रीज्यूहरुसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको व्यहोरा पनि अनुरोध गर्दछु।’

गण्डकी प्रदेश र प्रदेश २ बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको उनले बताए। प्रदेशको समृद्धि र जनताको सुखका लागि सहकार्य अति आवश्यक रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो।

पर्यटन प्रवर्द्धनमा प्रदेश २ का साँस्कृतिक धरोहरु जानकी मन्दिर, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता मन्दिर, सहलेस फूलबारी, धनुषा क्षेत्र, जलेश्वरनाथ महादेव आदिजस्ता स्थल रहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश २ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाइमा अगाडि बढाउन सकिने भनाइ राखे।

प्रदेश २ का मुख्यमन्त्री राउतले संघीयतालाई मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए। साढे दुई वर्ष अगाडि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले त्यो सम्मेलनले उठाएका सवाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको बताए। उनले भने, ‘संघ र छ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन तर त्यतिबेला प्रधानमन्त्रीज्यूले प्रदेशका कुरा सुन्नै चाहनुभएन।’ अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी रहने उनको भनाइ थियो।

भौतिक विकासमात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए। विकासका सवालमा प्रदेश २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा जोड दिए। सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी
सुनचाँदीको मूल्य बढ्यो
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप
सम्बन्धित सामग्री
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी... आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट म... आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्